
नयाँ विकल्प ।
काठमाडौं । क्यास नेपाल नामक संस्थाले देशभर छरिएर रहेका युवाहरुको सोच र विचारलाई प्रष्फुटन गर्ने उदेश्यले ‘राष्ट्रिय युवा भिजन लेखन प्रतियोगिता–२०७८’ अयाोगजना गरेको छ।
विभिन्न विषयलाई समेटेर १० वटा बुँदाको संरचनामा आधारित भएर नेपालभरी छरीएर रहेका प्रतिभाशाली युवाहरुको भिजनलाई एकीकृत गर्दै क्यास भिजन नामक पुस्तक प्रकाशन गर्ने उदेश्यले १६ वर्षदेखी २६ वर्ष उमेर समूहका युवाहरुको सोंच तथा विचारको संकलन गरिने भएको छ।
त्यसका लागि लेखन प्रतियोगिता प्राप्त दृष्टिकोणमध्ये उत्कृष्ट १०० लेखनलाई उक्त पुस्तकमा प्रकाशन गरिने र उक्त ३ उत्कृष्ठ लेखनलाई पुरस्कृत गरिने भएको छ। लेखन प्रतियोगितामा प्रथम हुनेलाई तीस हजार, दोश्रो हुनेलाई विस हजार र तेश्रो हुनेलाई दश हजार रुपैयाँ नगद पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ।
भिजन लेखनका लागि शिर्षक, परिचय, वर्तमान अवस्था लाभ वा हानी, सम्भावना÷चुनौति, बजारको माग÷आपूर्ति, सम्भावित श्रम र पूँजी, वातावरणीय प्रभाव, समयसीमा, उपलब्धी र अन्तर्राष्ट्रिय बजारीकरण जस्ता बुँदा समेटेको संरचनामा दृष्टिकोण पठाउनु पर्ने नियम बनाइएको छ।
१० बुँदामा केन्द्रीत रही न्यूनतम एक हजार दुई सय शब्द तथा अधिकतम एक हजार आठ सय शब्दमा नेपाली वा अङ्ग्रेजी भाषामा पठाउनु पर्ने छ।
जसमा नेपालीमा प्रिती फन्ट १४ साईज र अङ्ग्रेजीमा टाइम न्यु रोमन १२ फन्टमा लेखी वर्ड्स टाईप पीडीएफ फाइलमा, उमेर खुल्ने कागज, एक प्रती फोटो, लेखकको नाम, ठेगाना, सम्र्पक नम्बरसहित आगामी भदौ १२ गते भित्रसंस्थाको इमेल ठेगाना क्यासनेप एटदरेट जीमेल डट कममा पठाउनु पर्ने संस्थाले एक सूचना जारी गरी जनाएको छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...