केपी ओली राजनेता होइनः भ्रष्टाचारको महानायक होः सांसद रायामाझी (भिडियाे) – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

केपी ओली राजनेता होइनः भ्रष्टाचारको महानायक होः सांसद रायामाझी (भिडियाे)


नयाँ बिकल्प ।

काठमाडौं । राष्ट्रिय सभाका सदस्य रमेशजंग रायामाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता नभएर भ्रष्टाचारको महानायक भएको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रायामाझीले झापाको मुटु बिर्तामोठमा कठ्ठाको एक करोडमाथि पर्ने गिरीबन्धु टि स्टेटको दुई सय ८० रोपनी जग्गा सट्टाभर्नाको नाममा अर्बौं कमिसन लिने काम पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको दाबी गरे।

‘ओलीलाई कतिले राजनेता भन्छन्। तर, आफू सरकारबाट मुक्त हुन लागेको थाहा पाएर गएको असार २४ गते मन्त्रिपरिषद्को बैठकमार्फत अर्बौ मुल्य पर्ने टिस्टेटको जग्गाको सट्टाभर्ना ताप्लेजुङको जग्गामा गर्न दिने निर्णयलाई हेर्दा ओली भ्रष्टाचारका महानायक हुन्’ सांसद रायामाझीले भने।

पहाडको कौडीको भाउको जग्गा देखाएर बिर्तामोडको जग्गा बिक्री गर्न अनुमति दिने, गोकर्ण रिसोर्टको जग्गा र सम्पत्ति कौडीको भाउमा दिने, नेपाल एयरलाइन्सको जहाजलाई टाट पल्टाएर कौडीको भाउमा निजीकरण गरी दिने षडयन्त्र र संसदले पास गरेको चुच्चे नक्सा लुकाउने काम विगतको ओली सरकारले गरेको आरोप रायामाझीले लगाए।

उनले दुई तिहाईको दम्भ देखाएर औषधी खरिददेखि लिएर हरेक निर्णयमा भ्रष्टाचार गर्ने केपी ओली नेतृत्वको झण्डै दुई तिहाई नजिकको सरकारलाई तह लगाउन उनको सरकार ढाल्न सबै विपक्षी दल नै तयार हुनु परेको दाबी गरे।

नेपाली कांग्रेस महामानव बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, शान्तिप्रक्रियाका नायक गिरिजाप्रसाद कोइराला र स्वच्छ छवि भएका शुशिल कोइरालाले देखाएको बाटोबाट बिचलित नभएकोले कांग्रेसको चिन्ता नगर्न एमाले सांसदहरुलाई आग्रह गरे।

यसअघि सदनको विशेष समय लिएर बोलेका एमाले सांसद खिमलाल भट्टराईले कांग्रेसले पार्टीका संस्थापक नेताहरुले देखाएको आदर्शको बाटो छाडेको र सिद्धान्त बिर्सिएको आरोप लगाएपछि सांसद रायामाझीले त्यसको काउन्टरमा कांग्रेसको चिन्ता नगरी आफ्नै दल मिलाउन चिन्तित हुन आग्रह गरेका हुन्।

भिडियाे…

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २६, १३: ५६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २६, १३: ५६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २६, १३: ५६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...