
नयाँ बिकल्प ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त भएका कुलमान घिसिङ पदभार ग्रहरण गर्न कार्यस्थल पुगेसँगै बुधबार अपार स्वागत भएको छ।
मुलुकलाई लोकसेडिङ मुक्त बनाउन प्राधिकरण कार्यकारी निर्देशकको हैसियतले योगदान दिएपछि चर्चाको शिखरमा पुगेका घिसिङलाई मन्त्रीपरिषद्को सोमबारको बैठकले पुनः कार्यकारी निर्देशकमा नियुक्ति गरेपछि आज नियुक्ति लिएसँगै उनी पदाभार ग्रहण गर्न रत्पार्क पुगेका थिए।
प्राधिकरणको केन्द्रीय कार्यालय पुग्दा घिसिङलाई कर्मचारीले भव्य स्वागत गरेका हुन्। उनले बुधबार नै पदभार ग्रहण गरे। घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि त्यसका बिरुद्ध सडकमा नागरिक समाजको तर्फबाट देशव्यापी प्रदर्शन पनि भएको थियो।
प्रधानमन्त्रीमा शेरबहादुर देउवाले एक साताअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए।
साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्। तर, शाक्यले राजिनामा दिन इन्कार गरेपछि उनलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय भएको छ।


भिडिया…
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...