प्रदेशसभा बैठकमा मुख्यमन्त्री नै अनुपस्थित भएपछि लुम्विनीको विशेष अधिवेशन स्थगित – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper
सत्ता छाड्नु पर्दा असहिष्णु नियतले चालिएका तिकडम

प्रदेशसभा बैठकमा मुख्यमन्त्री नै अनुपस्थित भएपछि लुम्विनीको विशेष अधिवेशन स्थगित

फायल फाेटाे

नयाँ विकल्प ।



बुटवल । लुम्विनी प्रदेशका मुख्य मन्त्री तथा एमाले नेता शंकर पोखरेलको तिकडक, छलछाम, जवर्जस्ती र गैरजिम्मवार गतिविधिले लुम्वनी प्रदेश सरकार चरम अस्थिरताको भुमरीमा फेरि रुपमलिन पुगेको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्रीले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो।

विशेष अधिवेशनको बैठक शुरु हुनुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो। यसअघि पनि पोखरेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउँदा अल्पमतमा पर्ने देखेपछि जाना जान प्रदेश सभा बैठक स्थगितको सिफारिस गरेका थिए।

बहुमत सांसदलाई विपक्षी गठबन्धनका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्री बनाउनको लागि प्रदेश प्रमुखसमक्ष पेश गर्दा पनि उनकै प्रभावमा पोखरेलकै बहुमत पुगेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

आफ्नो पक्षमा बहुमत देखाउन पोखरेलले दाङकी सांसद विमला खत्री वलीलाई आफ्नै सरकारी निवासमा बन्धक बनाएको आरोप पनि लाग्दै आएको छ। तर, उनले त्यसको पनि सार्वजकि प्रष्टिकरण दिएका छैनन्।

बुधबार दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए।

सत्तारुढ नेकपा एमालेले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेर प्रदेशसभा अधिवेशन नै स्थगित भएको हो।

एमालेका एक सांसद भने संसदीय दलको निर्णय विपरित उपस्थित

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णयविपरीत एक सांसद संसद् भने बैठकमा सहभागी भएका छन्। एमालेको संसदीय दलको बैठकले आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरे पनि सांसद अजय शाही भने बैठकमा सहभागी भएका हुन्।

एमालेका संसदीय दलका नेतासमेत रहेका शंकर पोखरेलले अल्पमतमा परेसँगै आज राजीनामा दिएर अविश्वासको प्रस्ताव छलेर संसद बैठक नै बहिष्कार गरेका हुन्। पहिलो बैठक बसेपछि केही समयका लागि स्थगित भएको छ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण २७, १५: ५५

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण २७, १५: ५५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण २७, १५: ५५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...