
नयाँ बिकल्प ।
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अनामनगरमा रोकर राखिएको एउटा टिपरमा स्कुटर ठोक्किदा स्कुटर चालक सन्देश बुढाथोकीको निधन भएको छ।
प्रहरीका अनुसार मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक बुढाथोकीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सुर्खेत घर भएका २९ वर्षीय बुढाथोकी सामाखुसी बस्दै आएका थिए। सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपरमा बुढाथोकीले चलाएको स्कुटर ठोक्किएको थियो। टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...