लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा माओबादी केन्द्रका केसी नियुक्त – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा माओबादी केन्द्रका केसी नियुक्त


नयाँ विकल्प ।

बुटबल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले माओबादी दलका नेता केसीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

केसीलाई नेपाली काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन छ। चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष आजै दावेदारी प्रस्तुत गरेका थिए।

यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु(याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले आज बिहीबार दिउँसो तीन बजेसम्मको समयसीमा तोकेका थिए।

एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखेरलले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो।

नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए। प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी भएको छ। केसी यसअघि एमाले र माओबादी केन्द्र छुट्टिनुअघि पोखरेले नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २८, १६: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २८, १६: १०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण २८, १६: १०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...