
नयाँ बिकल्प ।
धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालयमा छापा मारेको छ।
अख्तियारको टोलीले बिहीबार छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र इटहरीमा परेको उजुरीका आधारमा छानविन गर्न अख्तियारको केन्द्रीय कार्यालयबाट पाँच र इटहरी कार्यालयबाट एक गरी जम्मा ६ जनाको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।
अख्तियारको टोलीले खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अनियमितता भएको आशंकामा त्यस्ता कागजाद नियन्त्रणमा लिएको छ। प्रतिष्ठानमा अनियमितता भएकोबारे पटक पटक प्रतिष्ठानकै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीले गुनासो गर्दै आएपनि अख्तियारले छानबिन समेत गरेको थिएन।
छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर तामाङसहित ५ जनाको टोली खटिएको छ।
टोलीले प्रतिष्ठानबाट भएका एमआरआई, सिटी स्क्यान खरिद, भवन निर्माण लगायतका मेसिन औजार एवं स्वास्थ्य उपकरण तथा अन्य खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको छ।
प्रतिष्ठानका पदाधिकारीहरुको प्रत्यक्ष संलग्नतामा अनियमितता भइरहेको भन्दै कार्यरत चिकित्सक तथा अध्ययनरत विद्यार्थीहरुले एक महिनायता आन्दोलन गरेका थिए।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...