शेयर बजारमा नयाँ कीर्तिमानः नेप्से ३१७९ पुग्दा कारोबार १७ अर्ब – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

शेयर बजारमा नयाँ कीर्तिमानः नेप्से ३१७९ पुग्दा कारोबार १७ अर्ब


नयाँ विकल्प ।

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार १६.४१ अंकले बढेर नयाँ कीर्तिमान बनाएको छ। बिहीबार बजार १६.४१ अंकले बढेर तीन हजार एक सय ७९ को विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर पाँच सय ९१.१६ को विन्दुमा उक्लिएको छ।

बिहीबार शेयर कारोबार पनि उच्च भएको छ। आज साढे १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटामध्ये सात वटाको नेप्से उकालो लागेको छ भने छ वटा उपसूचक ओरालो लगोका छन्। विकास बैंक समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ।

उत्पादन तथा प्रशोधन समूह १.४८ प्रतिशतले, बैंकिङ समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.४७ प्रतिशतले बढेको छ।

बिहीबार व्यापार समूह १.५१ प्रतिशतले ओरालो लाग्यो भने होटेल तथा पर्यटन समूह १ प्रतिशतले घटेको छ। आज जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, अन्य समूहमा ०.४३ प्रतिशत र लघुवित्त समूहमा ०.१ प्रतिशतले गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

बिहीबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएका छन्।

बिहीबार अप्पर तामाकोशीको सर्वाधिक ६२ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलको ४४ करोड रुपैयाँको कारोबार भएको छ।

गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ, अपी पावरको ४१ करोड ५४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४० करोड ६९ लाख रुपैयाँ, अरुण काबेली पावरको ४० करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४० करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने कम्पनीहरुमा
आज सात वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज पाँचथर पावर, ओरियन्ट होटेल, सारथी नेपाल लघुवित्त र तारागाउँ रिजेन्सी होटलका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी कम्पनीको सेयरमूल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण २८, १६: ४०

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण २८, १६: ४०

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण २८, १६: ४०

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...