सभापति देउवालाई संविधान र पार्टी बिधान बुझाए युवा नेताले – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

सभापति देउवालाई संविधान र पार्टी बिधान बुझाए युवा नेताले


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि प्रदर्शनमा उत्रिएका पार्टीका युवा नेताहरुले निर्धारित समयमै पार्टीको १४ औं महाधिवेशन गराउन नेपालको संविधान र पार्टीको बिधान बुझाएका छन्।

सवल कांग्रेस निर्माणका लागि आम्रो अभियानका तर्फबाट १४औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै नेपालको संविधान र पार्टीको बिधान बमोजिम कार्यकाल छँदै महाधिवेशन गर्नका लागि दबाब दिने उदेश्यले पार्टी सभापति देउवालाई संविधान र बिधान बुझाइएको अभियानका नेता रमेश महतले बताए।

पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका थिए। समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता महतले बताए।

समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न माग गर्दै कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ भन्ने उदेश्यले पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका पार्टी नेता तथा कार्यकर्ता क्रियाशिल सदस्यता वितरणमा धाँदली भएको भन्दै धर्ना र अनसनमा बसेपछि पार्टी केन्द्रीय कार्यसमिति बैठक आज सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बसीसरहेको छ।

निर्धारित समयमै पार्टीको १४औं महाधिवेशन गर्न दबाब दिने उदेश्यले नेपालको संविधान र पार्टीे विधानको प्रतिलिपी हस्तान्तरण गरेपछि सभापति देउवाले आफु जसरी पनि महाधिवेसन गर्ने पक्षमा रहेकाे प्रतिवद्धता व्यक्त गरेकाे सहभागी नेताहरूले बताए।

यसैअघि अभियानले बुधबार राजधानीमा पार्टीकाे महािधवेशन निर्धारित समयमा नगर्दा आउन सक्ने चुनाैतिका विषयमा कानूनका ज्ञाता र कानून व्यवसायीसँग पनि छलफल गरेका थिए।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण २८, १७: १४

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण २८, १७: १४

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण २८, १७: १४

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...