
नयाँ बिकल्प ।
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। केसीले सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पाटीीबाट मन्त्री नियुक्त गरेका हुन्। जसपाबाट भने तीन जनाले मन्त्री पदको सपथ खाए।
जसपाबाट सांसद सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव र माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मन्त्री पदको सपथ खाएका हुन्। कांग्रेस सांसद चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री भएका छन्।
माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता केसी आज मुख्यमन्त्री नियुक्त हुनु भएका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को (२) बमोजिम आज अपरान्ह केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।
चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...