महाधिवेशन कार्यतालिकामा सहमति जुट्न सकेन, भाेली फेरि बस्ने – Naya Bikalpa
August 14, 2026, Friday      Epaper
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः

महाधिवेशन कार्यतालिकामा सहमति जुट्न सकेन, भाेली फेरि बस्ने



नयाँ बिकल्प ।

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी नेताहरुबीच पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्ने विषयमा सहमति जुट्न सकेन।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार दिउँसोदेखि बसेको केन्द्रीय कार्यसमितिमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए।

सो प्रस्तावमा पनि सहमति जुट्न नसकेको एक केन्द्रीय सदस्यले बताए। केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझावका आधारमा महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले संचारकर्मीलाई बताए। बैठकमा महामन्त्री खड्काले प्रस्तुत गरेको निर्वाचन निर्देशिकामा छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिँदा निर्देशिका पारित गरिने प्रवक्ता शर्माको दाबी छ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण पेश गरेका थिए। यस्तै समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विवरण पेश गरेका थिए। केन्द्रीय समिति बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल भइरको छ। बैठक भोलि पनि बस्ने भएको छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २८, १९: २७

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण २८, १९: २७

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण २८, १९: २७

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...