निकुञ्ज क्षेत्रकाे हात्ती र माउतेलाई ट्रकले ठक्कर दिँदा घाइतेः चालक नियन्त्रणमा – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

निकुञ्ज क्षेत्रकाे हात्ती र माउतेलाई ट्रकले ठक्कर दिँदा घाइतेः चालक नियन्त्रणमा


नयाँ विकल्प ।

काठमाडौं । पर्षा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको पथलैया – अमलेखगञ्ज सडकखण्डस्थित आधाभार क्षेत्रमा बाटो पार गरिरहेको एक हात्तिलाई कन्टेनर बोकेको ट्रकले ठक्कर दिएर घाइते बनाएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ आधाभार जंगलमा बिहीबार राति ८ः५० बजे निकुञ्जको हात्ति मेनकाकलीलाई ट्रकले ठक्कर दिएर घाईते बनाएको हो। ६५ बर्षकी मेनकाकलीलाई ना ५ ख ३५५७ नम्बरको ट्रकले ठक्कर दिँदा हात्ती र माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन्।

पाउते सिंहको सिमराको अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। घाईते हात्ती तीन घण्टापछि आफैं उठेर हात्तीसारतिर गएको थियो।

पानी परेको समयमा तिव्र गतिमा कन्टेनर चलाउने चालक मकवानपुर थाहा नगरपालिका– १ का सञ्जित वाईवालाई आधाभारमा रहेको नेपाली सेनाको सिद्धिबक्स गणले नियन्त्रणमा लिएको थियो।

पूर्व –पश्चिम लोकमार्गको पथलैया – अमलेखगञ्ज सडक क्षेत्र पर्षा बन्यजन्तु आरक्षण क्षेत्रमा पर्दछ। निकुञ्जले जंगली जनावार समेत ओहोरदोहोर गर्ने हुँदा सवारी साधनलाई कम गतिमा सवारी चलाउन संकेत चिन्ह पनि राखिएका छन्।

अनियन्त्रित र असावधानीपूर्वक सो क्षेत्रमा सवारी चलाउने चालकका कारण गत वर्ष पुसमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो। निकुञ्जका अनुसार रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा २ ओटा हात्ती विस्तारित क्षेत्र पुगेर फर्केका थिए।

निकुञ्जका प्रमुख मनोज साहले सवारी चालकको लापरबाहीले दुर्घटना भएको भन्दै हात्तीको पछाडीको भागमा चोट लागेको बताए।
चितवनबाट आएका पशु चिकित्सकको निगरानीमा मेनकाकलीको उपचार भइरहेको छ। सडकमा त्यति ठूलो जनावर हात्तीलाई समेत नदेख्ने चालकले लापरबाही गरी सवारी चलाएको निकुञ्जको दाबी छ।

संरक्षित जनवार हात्तीलाई ठक्कर दिने ट्रक चालकलाई राष्ट्रिय निकुञ्ज ऐन अनुसार कारबाहीका लागि बारा जिल्ला अदालतमा पेश गरिने प्रमुख संरक्षण अधिकृत साहले बताएका छन्।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण २९, १६: ३४

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण २९, १६: ३४

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण २९, १६: ३४

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...