माओबादी नेता मातृका यादवको भनाई संसदको रेकर्डबाट हटाइयो – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

माओबादी नेता मातृका यादवको भनाई संसदको रेकर्डबाट हटाइयो


नयाँ बिकल्प ।

काठमाडौ । नेकपा माओबादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले विहीबार प्रतिनिधिसभामा बोलेका कुरा संसदको रेकर्डबाट हटाइएको छ।

प्रतिनिधिसभाको बैठकमा विहीबार बोल्ने क्रमममा माओबादी केन्द्रका सांसद यादवले निवर्तमान प्रधानमन्त्री तथा सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ भनी दिएको अभिव्यक्तिलाई रेकर्डबाट हटाइएको हो।

शुक्रबार प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर बिरोध जनाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले विहीबार सांसद यादवले दिएको अभिव्यक्तिमध्ये ‘मेन्टल्ली र फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिउका हुन्।


एमाले संसदीय दलका प्रमुख सचेतक विसाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि विहीबार अमर्यादित, असंसदीय भाषा प्रयोग भएको भन्दै एउटा सांसदले अर्को सांसदमाथि व्यक्तिगत रुपमा लाञ्छना लगाएर संसदको गरिमा, इज्जत, मर्यादा र प्रतिष्ठा राख्न नसकिने जिकिर गरेका थिए।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २९, १७: ००

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २९, १७: ००

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २९, १७: ००

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...