
नयाँ बिकल्प ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद पार्वती डीसी चौधरीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एमालेका नेता माधवकुमार नेपालका कारण वर्तमान सरकारले पूर्णता पाउन नसकेको दाबी गरेकी छन्।
प्रतिनिधिभसाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद चौधरीले भनिन, ‘पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारले पूर्णता पाउन नसक्नुको मुख्य दोष नै माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एमालेका नेता माधवकुमार नेपाल हुन्।’
सांसद चौधरीले कांग्रेस सभापति देउवालाई सरकार बनाउन सहयोग गर्ने दलहरुले सरकारलाई पूर्णता दिन भूमिका नखेलेको भन्दै यस्तो कार्यलाई कांग्रेस कमजोर बनाउने षडयन्त्र त होइन भनी आशंका व्यक्त गरिन।
‘यो सरकारले पूर्णता नपाउनको दोष तपाईँहरु हो, नेपाली जनताले सबै हेरिरहेका छन्, कसैले कसैलाई छोड्नेवाला छैनन्’, सांसद चौधरीको प्रश्न थियो, ‘कतै यो नेपाली कांग्रेस सिध्याउने खेल त होइन?’
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...