घाईतेको उपचार म गर्छु भन्ने ओलीलाई चापागाईंको प्रश्न – शहिद वीरेनका छोराले आत्महत्या किन गरे ? – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

घाईतेको उपचार म गर्छु भन्ने ओलीलाई चापागाईंको प्रश्न – शहिद वीरेनका छोराले आत्महत्या किन गरे ?


नयाँ विकल्प ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा माओबादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले जनयुद्धका घाइतेको उपचार गर्छु भन्नुभन्दा पहिले आफ्ना सहयोद्धालाई सम्झन आग्रह गरेकी छन्।


प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै झापाबाट प्रतिनिधित्व गर्ने माओबादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले पूर्वप्रधानमन्त्री ओलीले जनयुद्धका घाइतेलाई उपचार गर्न आफ्नो पार्टी कार्यालयमा बोलाउनु अघि आफ्ना सहयोद्धालाई सम्झन आग्ह गरेकी हुन्।


उनले ओलीसँगै जेल बसेका साना दुर्गा अधिकारी र मानबहादुर तामाङको अवस्थाबारे ओलीलाई प्रश्न गरिन।

‘मलाई एउटा के याद छ भने, उहाँसँगै जेलनेल बसेका साना दुर्गा अधिकारी, मानकुमार तामाङहरू कहाँ छन्? सायद उहाँलाई थाहा छैन्? उहाँलाई सोध्न चाहन्छु –धर्मप्रसाद घिमिरे गम्भीर बिरामी हुनुभयो, संविधान सभा सदस्य हुनुहुन्थो, उहाँका परिवारले आर्थिक सहायताको याचना गर्दा सुनुवाई भएन र आर्थिक अभावमा उपचार नपाएर निधन भएको होइन?’ चापागाईंले प्रश्न गरिन्।


उनले एमालेको तत्कालिन केन्द्रीय कार्यालय बल्खुमा सुखानीका शहिद बीरेन राजबंशीका छोराले किन आत्महत्या गर्नुपरेको थियो भनेर प्रश्न गरिन्।

विहीबारको प्रतिनिधिसभा सभा बैठक समेत कांग्रेस नेता गगनकुमार थापाले आफ्नै उपचारको लागि राज्य कोषको ढुकुटी हात थाप्ने माननियले घाइतेको उपचार गर्न नसके एमाले पार्टी कार्यालय थापाथली पठाउनु भन्ने कुरा हास्यास्पद भएको टिप्पणी गरेका थिए।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण २९, १८: ४७

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ श्रावण २९, १८: ४७

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ श्रावण २९, १८: ४७

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...