कांग्रेसको १४औं महाधिवशेन मंसिर ९ देखिः वडा अधिवेशन भदौ १८ गते – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कांग्रेसको १४औं महाधिवशेन मंसिर ९ देखिः वडा अधिवेशन भदौ १८ गते


नयाँ बिकल्प ।

काठमाडौं । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिबेशन आगामी २०७८ मंसिर ९देखि १३ गते काठमाडौंमा हुने भएको छ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औं महाधिवेशनको लागि देशभरका सबै वडाको अधिवेशन भने यही भदौ १८ गते गर्ने भएको छ।

यस्तै देशभरका सबै गाउँपालिका, नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको अधिबेशन भदौ २७ गते, प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिबेशन असोज १ गते, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिबेशन असोज ५ गते र सबै ७७ वटै जिल्लाको अधिबेशन असोज १० गते हुने भएको छ।

तीन दिनदेखि चलेको केन्द्रीय कार्यसमितिको सो बैठकले सात प्रदेश अधिबेशन दशैंपछि अर्थात कात्तिक १० ,११ र १२ गते गर्ने भएको छ।

नेपालको संबिधान र दल दर्ता सम्बन्धि ऐन २०७३ बमोजिम नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७९ जेठ ३० गते सम्म सम्पन्न गर्दा संबिधान र कानुन प्रतिकुल नहुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश सदस्यद्वारा सप्रमाण र संबैधानिक एबम् कानुनी धारणा तथ्यगत रुपमा प्रस्तुत गरिएको थियो।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ३०, २०: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ३०, २०: ००

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण ३०, २०: ००

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...