अब महाधिवेशन रोकिँदैन्, चार दिनभित्रै सरकारले पूर्णता पाउँछ – लेखक – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

अब महाधिवेशन रोकिँदैन्, चार दिनभित्रै सरकारले पूर्णता पाउँछ – लेखक

नयाँ विकल्प ।


काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वनिक कार्यतालिकाअनुसार नै समयमा हुने विश्वास दिलाएका छन् ।


‘हाम्रो पार्टीको महाधिवेशनको नयाँ मिति सर्वसम्मतीको आधारमा घोषणा गरेका छौं, अब घोषित मितिमै महाधिवेशन हुन्छ’, लेखकले भने, ‘कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको हो।’


नेता लेखकले भदौ १८ गते वडा अधिवेशन शुरु भए पछि मंसिर ९देखि १३सम्म केन्द्रीय महाधिवेशन हुन्छ भन्दै महाधिवेशनको नयाँ कार्यतालिका संविधानसम्मत् नै रहेको दाबी गरे । क्रियाशिल सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे।


क्रियाशिल सदस्यता वितरणको बाँकी विवाद समाधानको लागि कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र आफूसहित तीन जनाको समिति बनेको त्यसले भदौ २ गतेभित्र काम सम्पन्न गर्ने उनले दाबी गरे ।

फरक प्रंसगमा उनले अहिलेको सरकार गठबन्धनको सरकार भएकोले सरकारलाई पूर्णता दिने सवालमा केही ढिलाई भएको र यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । तर, अबको चार दिनभित्र सरकारले पूर्णता पाउने उनको दाबी छ ।


उनले सरकारमा नेकपा (एमाले) को माधव नेपाल समूह आउने वा नआउने विषयमा यकिन नभएको टिप्पणी गरे । सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याईसकिएको भन्दै नेता लेखकले अब सरकार विस्तारमा ढिलाई नहुने बताए ।


नेता लेखकले कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको अहिलेको गठबन्धन लामो समयसम्म जाने पनि विश्वास दिलाए ।

सम्बन्धित समाचार

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ श्रावण ३१, १७: १२

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ श्रावण ३१, १७: १२

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...

रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
  • २०७८ श्रावण ३१, १७: १२

काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...