तालिबानले काबुल घेरेपछि राष्ट्रपति घानीले बोलाए अपतकालिन बैठक – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

तालिबानले काबुल घेरेपछि राष्ट्रपति घानीले बोलाए अपतकालिन बैठक

फायल फाेटाे


एजेन्सी ।
दक्षिण एसियालीको द्वन्द्वग्रस्त मुलक अफगानिस्तान तालिवान बिद्रोहीका कारण महासंकटमा फसेको छ । तालिवान लडाकुले राजधानी शहर काबुलमा छिरेपछि यहाँ संकट देखिएको हो । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् । यसअघि शनिबार घानीले एक वक्तव्य जारी गर्दै मुलुक गम्भीर खतरामा रहेको बताएका थिए ।

घानीले अफगानिस्तानको सुरक्षालाई सशक्त बनाउने र सेनालाई संगठित गर्ने प्रयास भइरहेको बताएका थिए तर तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको छ ।


अमेरिकाले आफ्ना नागरिकको सुरक्षाको लागि थप पाँच हजार सेना काबुल पठाएको छ । त्यस्तै उसले आफ्ना नागरिक र दूतावासका कर्मचारीको पनि काबुलबाट हेलिकप्टरबाट उद्धार गरिरहेको छ ।


तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुल नछिर्न निर्देशन दिइएको दाबी गरेको छ । तालिबानले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिइएको बताएको छ । काबुल घना बस्ती भएको क्षेत्र भएकाले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लडाकुहरुलाई बाहिरै बस्न निर्देशन दिइएको तालिबानको दाबी छ ।


तालिबानले अहिले सत्ता शान्तिपूर्णरुपमा हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यद्यपि काबुलको धेरै क्षेत्रमा तालिबानको झण्डा देखिएको र तालिबानका लडाकुहरु पनि सडकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही क्षेत्रमा गोली चलेको आवाज सुनिएको पनि समाचारमा उल्लेख छ ।

A U.S. Chinook helicopter flies over the U.S. Embassy in Kabul, Afghanistan, Sunday, Aug. 15, 2021. Helicopters are landing at the U.S. Embassy in Kabul as diplomatic vehicles leave the compound amid the Taliban advanced on the Afghan capital. (AP Photo/Rahmat Gul)

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ३१, १८: २०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ३१, १८: २०

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ३१, १८: २०

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...