अफगानिस्तानका नेपालीको हवाई उद्धार गर्न संसदीय समितिको सरकारलाई निर्देशन – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

अफगानिस्तानका नेपालीको हवाई उद्धार गर्न संसदीय समितिको सरकारलाई निर्देशन


नयाँ विकल्प ।


काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाई माध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले तालिवानले राजधानी काबूल समेत नियन्त्रणमा लिने स्थितिमा आएको भन्दै त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति पवित्रा निरौला खरेलले अफगानस्तानको सुरक्षा अवस्था बिँग्रदै गएको भन्दै उनीहरुको उद्धार गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको बताए।


उलने भनिन ‘तालिवानले राजधानी काबूल समेतलाई नियन्त्रणमा लिने स्थिति देखिएकाले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रुपमा हवाई उद्धार गर्नको लागि तत्काल सबै कुटनीतिक लगायतका उपाय अबलम्बन गर्न निर्देशन दिएका छौँ ।’

बैठकले वैदेशिक रोजगारीमा गएका नागरिकको हक हित र अधिकारका लागि नियमित रुपमा परराष्ट्र मन्त्रालयमा वैदेशिक रोजगारमा जानेको आवश्यक तथ्याङ उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको सभापति खरेलले बताइन । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको जानकारी दिए ।

काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरिएको र आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने व्यवस्था गरिएको उनले बताए । सरकारसँग रहेको औपचारिक तथ्यांक अनुसार १५ सय नेपाली राजधानी काबुलमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण ३१, १८: ४४

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ श्रावण ३१, १८: ४४

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ श्रावण ३१, १८: ४४

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...