पार्टीको बैधानिकता जेठ मसान्तसम्म – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पार्टीको बैधानिकता जेठ मसान्तसम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टी नेता रामचन्द्र पौडेल लगायतका केही नेताले आगामी भदौ २३ गते भित्र पार्टीको महाधिवेशन नगरे पार्टीको बैधानिकता नै समाप्त हुने भन्दै एक वर्षदेखि भन्दै आएका थिए । तर, सभापति देउवाले संवैधानिक प्रावधान अनुसार पार्टीको बैधानिकता समाप्त हुँदैन भनेर दाबी गरे ।

सभापति देउवाले पार्टीको बैधानिकता समाप्त पार्न आफूले नदिने भन्दै सहमतिमै महाधिवेशनको प्रक्रिया शुरु गर्न भनीरहे । सभापति देउवाले संविधान अनुसार पार्टीको आगामी महाधिवेशन जेठ मसान्तसम्म गर्न पाइने भए पनि आफू त्यो बाटोमा नलाग्ने विश्वास दिलाउँदै आएका थिए ।

क्रियाशिल सदस्यता बिबाद किनारा लाग्न नसकेको र कोरोना संक्रमणको महामारीले गर्दा भौतिक दूरी कायम गरी स्थानीय तहको अधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफलमा लागि रहे ।

देउवाको यस्तो प्रयासलाई संस्थापनइत्तर पक्षका नेताहरुले महाधिवेशन टार्ने दाउ भन्दै आरोप लगाइ रहेका छन् । तर पार्टी केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा र अर्जुनप्रसाद जोशी जस्ता नेताले संविधान नै देखाएपछि नेता पौडेलसहितका नेताको मुखमा बुजो लागेको छ ।

शनिबारको बैठकमा नेता विश्वकर्मा र जोशीले नेपालको संविधान २०७२ साल असोजमा जारी भएको र संविधानमा व्यवस्था भए बमोजि हरेक राजनीतिक दलले प्रत्येक पाँच वर्षमा प्रदेशसहित केन्द्रीय महाधिवेशन गर्नु पर्ने प्रावधान राखेको उदाहरण दिए ।

संवैधानिक सो प्रावधान बमोजिम निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी कानून अनुसार २०७३ साल मंसिर ३० गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यही मितिदेखि दल दर्ताको समय गणना गरेको थियो ।

कुनै कारणवस पाँच वर्षमा प्रदेशसहित केन्द्रीय कार्यकारिणीको निर्वाचन हुन नसके ६ महिना थप गर्न सक्ने प्रावधान छ । सोही प्रावधान अनुसार दल दर्ता भएको पाँच वर्ष आगामी मंसिर ३० गते पुग्दैछ भने ६ महिना थप गर्दा आगामी जेठ मसान्तसम्मको समय सीमा पनि रहेको छ ।

नेपाली कांग्रेसको जस्तै पाँच वर्षभित्रमा महाधिवेशन गर्न नसकेको भनी नेकपा माओबादी केन्द्रबिरुद्ध निर्वाचन आयोगमा परेको निवेदनमाथि सुनुवाई गर्दै आयोगले २०७९ साल जेठ मसान्तसम्म नेपालका सबै राजनीतिक दलहरुले एक पटक प्रदेशसहित केन्द्रीय तहको कार्यकारिणी समितिको निर्वाचन हुनु पर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण ३२, १२: ३१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण ३२, १२: ३१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण ३२, १२: ३१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...