भारतको ७५औं स्वतन्त्रता दिवस भव्यरुपमा सम्पनन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

भारतको ७५औं स्वतन्त्रता दिवस भव्यरुपमा सम्पनन


नयाँ विकल्प ।


काठमाडौ । मित्रराष्ट्र भारतले आफ्नो ७५औं स्वतन्त्रता दिवस देश र विदेशमा समेत विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ।
भारत स्वतन्त्र भएको दिन अगष्ट १५ को अवसरमा आइतबार काठमाडौंस्थित भारतीय दूतावासवले ‘आजादीका अमृत महोत्सव’को कार्यक्रम मनाएको छ ।


भारत स्वतन्त्र भएको ७५ वर्ष पुगको अवसरमा आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार दूतावास परिसरमा आयोजित कार्यक्रममा भारतको झण्डोत्तोलन गरी भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।


भारतीय राष्ट्रपतिको सन्देशमा ७५ वर्षअघि स्वतन्त्रताकोलागि बलिदान दिने स्वतन्त्रता सेनानीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।


सो अवसरमा भारतीय राजदूत क्वात्राले भारतीय शसस्त्र फौज र गोरखा सैनिकमा कार्यरत हुँदा दिवंगत भएका नेपालीका विधवा र आश्रित परिवारका सन्तानलाई चार करोड ४५ रुपैयाँ बराबर आर्थिक सहयोग र प्रत्येक परिवारलाई ब्लाङ्केट वितरण गरिएको थियो।


सो अवसरमा भारतीय केन्द्रीय विद्यालयलका शिक्षक र विद्यार्थीले राष्ट्रिय गीत र नृत्य प्रस्तुत गरेका थिए। राजदूत क्वात्राले सो अवसरमा भारतीय कला संस्कृति सम्पदा राष्ट्रिय कोसको वेबसाईटमा नेपालको संरक्षीत सांस्कृतिक सम्पदाको शुभारम्भ गरे।


भारतीय सरकारको लगानीमा पाँच वर्षअघि आएको भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदानको पुनःनिर्माण गर्न भारतीय सरकारले ५० मिलियन अमेरिकी डलर उपलब्ध गराईसकेको छ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ३२, १३: ४७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ३२, १३: ४७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण ३२, १३: ४७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...