अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारलाई रुलिङ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारलाई रुलिङ


नयाँ बिकल्प ।


काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षा गरी उनीहरुलाई सकुसल चाँडोभन्दा चाँडो नेपाल फर्काउने व्यवस्था गर्न संघीय संसदको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका छन् ।


प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा बिद्रोही तालिवानले राजधानी काबुल कब्जा गरी नियन्त्रणमा लिएको र त्यहाँ रहेका नेपालीको उद्धारमा सरकारले ध्यान नदिएको भन्दै सरकारको ध्यानार्षण गराएका थिए ।


विपक्षी नेकपा एमालेका सबै सांसदहरुले अफगानिस्तानमा रहेका सबै नेपालीको सकुसल उद्धारको लागि सरकारले प्रयास नगरेको भन्दै आपत्ति जनाउँदे आ आफ्नो आसनमा उभिएर बिरोध जनाएका थिए ।


विपक्षी सांसदहरुको विरोधपछि सभापति सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै अफगानिस्तानमा भएको विकसित घटनाक्रमको सिंगो सदनको ध्यानाकर्षण भएको भन्दै सरकारलाई त्यहाँ भएका सबै नेपालीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।


सभामुख सापकोटाले अफगानिस्तानमा रहेका सबै नेपालीको जीउधनको सुरक्षा गर्न, उनीहरुलाई सकुसल नेपाल फर्काउन र सुरक्षा दिने र उद्धार गर्ने कार्यको यथासक्य जानकारी सदनलाई गराउन सरकारको नाममा रुलिङ गरेका हुन् ।


सभामुख सापकोटाले रुलिङ गर्नुअघि विपक्षी एमालेका सांसद बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको संख्या र अवस्था यकिन गर्न, उनीहरुलाई सुरक्षीत उद्धार गर्न साकै राष्ट्र अफगानिस्तानको अन्योलपूर्ण अवस्थाको बारेमा सार्कको अध्यक्ष राष्ट्र भएको नाताले भूमिका खेल्न सरकारसँग आग्रह गरे ।


उनले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था सरकारले यकिन गर्न नसक्दा उनका परिवारका सदस्यहरु यतिवेला छटपटी र पीडामा रहेको भन्दै वाँस्कोटाले विगतमा एमाले नेतृत्वको सरकारले त्यहाँको द्वन्द्वमा परेर मृत्यु भएको शब र संकटमा परेकाको उद्धार २४ घण्टा भित्र गरेको दाबी गरे ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण ३२, १४: ३६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण ३२, १४: ३६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ३२, १४: ३६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...