संघीय संसदको आठौं अधिवेशन आजबाट अन्त्य – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

संघीय संसदको आठौं अधिवेशन आजबाट अन्त्य


नयाँ बिकल्प ।


काठमाडौं । संघीय संसदका दुवै सदनको आठौ अधिवेशन आज सोमबारदेखि अन्त्य भएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) वमोजिम मन्त्रिपरिषद्को आजकै सिफारिसमा संसदको दुवै सदनको चालू अधिवशेन आजै राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।


प्रतिनिधिसभाको बैठकअघि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सदनको चालु आठौ अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको थियो ।


राष्ट्रपति भण्डारीले भोली भदौ १ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पनि सोमबारदेखि नै अन्त्य भएको जानकारी संघीय संसदको महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण ३२, १८: २७

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ३२, १८: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ३२, १८: २७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...