
नयाँ बिकल्प ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजबादी पार्टीबाट निकालिएका नेता महन्थ ठाकुरबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको छ।
निर्वाचन आयोगले जनता समाजबादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि जसपाबाट कसरी अलगत हुने भन्ने विषयमा ब्यवहारिक र कानूनी परामर्श गरिरहेका ठाकुर समूहका नेताहरुले प्रधानमन्त्री देउवासँग मंगलबार बिहान भेटघाट गरेका हुन्।
जसपाका नेताहरूले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सो भेटमा निर्वाचन आयोगको निर्णयका कारण आफू अलग पार्टी गठन गर्न बाध्य भएको तर राजनीतिक दल सम्वन्धी कानूनले गर्दा ४० प्रतिशत केन्द्रीय समिति र संसदीय दलमा पुर्याउन गाह्रो भएको बताएका थिए। प्रधानमन्त्री देउवाले भने त्यस्तो कानूनी जटिलता र व्यवहारिक कठिनाइको निकासकै लागि आफूले राजनीतिक दल सम्वन्धी कानूनमा संशोधन अध्यादेशमार्फत गर्ने आश्वासन दिएका थिए ।
सो अवसरमा प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने जवाफ दिएको भण्डारीले बताए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...