कूलमानविरुद्धको मुद्धा रेग्मीको इजलासमा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कूलमानविरुद्धको मुद्धा रेग्मीको इजलासमा


नयाँ विकल्प ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार सो रिट रेग्मीको इजलासमा तोकिदिएका हुन्। रेग्मीको इजलासमा उक्त रिट १० औं नम्बरमा छ।

आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै शाक्यले सर्वोच्चमा रिट दिएका थिए। त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, विभागी मन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ।

सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त शाक्यले सो नियुक्ति अस्वीकार गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कायम रहेको दावी गरेका छन्। कार्यकारी निर्देशक भएर पनि उनले अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन्।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र २, १२: ५७

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र २, १२: ५७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र २, १२: ५७

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...