राष्ट्रपतिद्वारा राजनीतिक दलसम्वन्धी कानून संशोधन गर्ने अध्यादेश जारी – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्वन्धी कानून संशोधन गर्ने अध्यादेश जारी


नयाँ विकल्प ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन शसोधन गर्नका लागि मन्त्रिपरिषद्बाट सिफारिस भए आए बमोजिम अध्यादेश जारी गरेकी छन्।

प्रतिनिधिसभाको आठौ अधिवेशन सोमबार अन्त्य गरेपछि मन्त्रीपरिषद्को मंगलबारको बैठकले राजनीतिक दल सम्वन्धी ऐनमामा रहेको राजनीतिक दल फुटाउन सजिलो हुने प्रावधान राखेर संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले मंगलबार गरेको अध्यादेश जारी गर्ने निर्णय राष्ट्रपतिसमक्ष हिँजो नै सिफारिस भएको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत सख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था छ।

दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केपी शर्मा ओली पक्षले विरोध गर्दै आएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र २, १३: ४३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र २, १३: ४३

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २, १३: ४३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...