बुधवार शेयर उच्च बिन्दुमाः एकै दिन २१ अर्ब रूपैयाँ बढीको कारोबार – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बुधवार शेयर उच्च बिन्दुमाः एकै दिन २१ अर्ब रूपैयाँ बढीको कारोबार


नयाँ बिकल्प ।


काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३८ दशमलव ७१ अङ्कले बढेर ३ हजार १९९ दशमलव शुन्य तीन अङ्कमा पुगेर नयाँ रेकर्ड बनाएको छ।


यसअघि शेयर बजार तीन हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको थियो। नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ।


बुधबार २१ अर्ब, ३१ करोड, ३४ लाख ८९ हजार २६९ रुपैयाँको कारोबार भइर विगतमा भएका कारोबार आकारको रेकर्ड तोडेको छ। ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव दुई शुन्य अङ्कले बढेर ५९८ दशमलव शुन्य तीन पुगेको छ।


बुधबार सिभम सिमेन्ट, अरुण भ्याली जलविद्युत कम्पनी, जीवन विकास लघुबित्त कम्पनी, अरुण काबेल जलविद्युत कम्पनीको शेयर मुल्य १० प्रतिशतसम्म बृद्धि भयो।


त्यस्तै, आँखु खोला जलविद्युत कम्पनी, महालक्ष्मी विकास बैंक, लुम्विनी विकास बैंक, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतभन्दा बढी आम्दानी गरे।


बुधबार कारोबार रकमको आधारमा नेसनल हाईड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भयो। यो कम्पनीको ७८ करोड ८६ लाख, ७०, अपि पावर कम्पनीको ६३ करोड ४६ लाख ५८ हजार, लुम्विनी विकास बैंकको ५९ करोड ६८ लाख ९२ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो।


धेरै कारोबार गर्ने अन्य कम्पनीमा महालक्ष्मी विकास बैंकको ५७ करोड ६८ लाख ९२ हजार, ज्योति विकास बैंकको ५६ करोड, कामना सेवा विकास बैंकको ५६ करोड, सानिमा माई हाइड्रोको ४० करोड, अरुण भ्यालीको ४५ करोड र नेपाल बैंक लिमिटेडको ४३ करोड रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २, १५: ३९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र २, १५: ३९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र २, १५: ३९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...