
नयाँ विकल्प ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्।
एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा एमालेबाट अलग हुँदै नयाँ दल दर्ताको प्रक्रिया शुरु गरेसँगै मुख्यमन्त्री पौडेलले राजिनामा दिएर नेता नेपाल निकटकी नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।
मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो बसेको संसदीय दलको बैठकमा राजीनामाको घोषणा गरेका थिए। बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको सांसद मुनु सिग्देलले जानकारी दिइन्।
संसदीय दलको बैठकमा एमालेका ४९ जना सांसद मात्रै उपस्थित रहेका थिए। मन्त्रिपरिषद् बैठक लगत्तै पौडेलले प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाउने तयारी गरेका थिए।
प्रदेश प्रमुख विष्णु प्रसाई धुलाबारीमा भएका कारण मुख्यमन्त्री पौडेलले राजिनामा बुझाउन पाएका छैनन्। शाक्यलाई आज नै मुख्यमन्त्रीमा नियुक्त गरेर आजै सपथ खुवाउने तयारी भए पनि प्रसाईँ हेटौंडा आइपुग्न ढिलाई भएकोले राजिनामा स्वीकृत, नियुक्ति र सपथको कार्यक्रम ढिलाइ हुने भएको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...