
नयाँ विकल्प ।
काठमाडौं । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा बुधबार साँझ सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालमा निधन भएको छ।
दुई हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि त्यहाँ लगिएको थियो। शेरचनको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
संविधान सभा सदस्य शेरचन बैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अधयक्ष, मिडिया सोसाइटीका पूर्वअध्यक्ष, मिडिया अलाइन्सका उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुन्।
२०५८ सालदेखि प्रकाशित हुँदै आएको राजधानी दैनिकका उनी संस्थापक हुन भने झण्डै १८ वर्षदेखि राजधानी दैनिकका अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दै आएका छन्। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...