
नयाँ विकल्प ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता प्रदीप गिरिको स्वास्थ्यमा जटिल समस्या देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचार हुन थालेको छ।
गिरिको स्वास्थ्यमा समस्या देखिएपछि एक साताअघि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए। अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार भइरहेको छ। उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ। गिरिको घाँटीमा समस्या देखिएको त्यसको उपचार भइरहेको कांग्रेसका एक नेताले बताए।
मुम्बईमा उपचाररत गिरीलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाने भएका छन्। जनकपुरमा रहेका निधि आज मुम्बई जान लागेका हुन्। शुक्रबार बिहान निधिले गिरिलाई भेट्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...