प्रदिप नेपालले भने ‘म माधव नेपालको मान्छे’ – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

प्रदिप नेपालले भने ‘म माधव नेपालको मान्छे’


नयाँ बिकल्प ।


काठमाडौ । नेकपा एमालेका संस्थापक नेता प्रदीप नेपाल आफू माधवकुमार नेपालद्धारा बुधबार गठन गरेको नेकपा एमाले (समाजबादी) तर्फ नै आफू रहेको बताएका छन्।


बिहिबार सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले आफू माधव नेपालकै मान्छे भएको उल्लेख गर्दै अहिले आफ्नो कुनै कमिटी नभएको र ६ वर्षदेखि कमिटिविहीन अवस्थामा रहेको बताएका छन्।


प्रदिप नेपालले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु।’

एमाले बरिष्ठ नेता माधव कुमार नेपालले बुधबार निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएको बेला नेता नेपालको नाम पनि समेटिएको थियो।

यसअघि नेकपा एमालेका नेता नेपालले आफू माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा नरहेको बताएका थिए। पार्टीको केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ। सूचीमा नेपालको नाम चार नम्बरमा थियो।

उनले एमालेभित्रको झगडामा आफू माधव नेपाल र केपी ओली कतै पनि नरहेको जनाएका थिए। आफू माक्र्सवादी रहेको र आफ्नो व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा राख्न नसकेको स्टाटस भने हटाएका छन्।


प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै बुधबार तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गर्दा उनको नाम राखेका थिए।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र ३, १४: ४७

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र ३, १४: ४७

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र ३, १४: ४७

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...