धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र स्टक एक्सचेन्जका कार्यकारी अधिकृत साउदलाई निलम्बन गर्न माग – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र स्टक एक्सचेन्जका कार्यकारी अधिकृत साउदलाई निलम्बन गर्न माग


नयाँ बिकल्प ।


काठमाडौं । नेपाल धितोपत्र वोर्डका अध्यक्ष भिष्पमराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई निलम्बर गरी कारबाही गर्न संघीय संसदको संसदीय समितिले माग गरेको छ।

शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन्। शुक्रबार संसदको अर्थसमितिमा सहभागी सांसदहरूले ढुंगाना र साउदलाई निलम्बन गर्न अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग अघि सारेका हुन्।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘पूर्वन्यायाधीश वा माथिल्लो लेभलबाट छानबिन र अनुसन्धान गर्न माग गरे। सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल निलम्बन गरेर छानबिन हुनुपर्ने बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएको छ।


नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सेयर किनेका छन्। नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन गरी कडा कारबाही गर्न माग गरे।

सांसद सत्या पहाडीले पूर्वसरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन्। दोषीलाई कारबाही नहुने भए यसले गलत संस्कार बस्ने बताइन्।

सांसद रामकुमारी झाक्रीले बोर्डका कर्माचारीहरुले नै धितोपत्र बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठाएकाले यसलाई सामान्य रुपमा नलिइ संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्न गरिन्।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र ४, १४: ४४

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र ४, १४: ४४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ४, १४: ४४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...