प्रहरी र शिक्षकबीच कञ्चनुपुरमा झडपः प्रहरीसहित १७ घाइते – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

प्रहरी र शिक्षकबीच कञ्चनुपुरमा झडपः प्रहरीसहित १७ घाइते

फायल फाेटाे


नयाँ बिकल्प ।


कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ। दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो।

झडपमा प्रहरीसहित १७ जना घाइते भएका छन्। घाइते हुनेमा ९ प्रहरी, ६ शिक्षक र २ नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो।

नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ। झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

प्रहरीलाई ताला लगाएर कोठाभित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको प्रहरीको दाबी छ। आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढाले नगरपालिकाको सभाहल र केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र ४, १५: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र ४, १५: १५

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ४, १५: १५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...