माधव नेपाल नेतृत्वको पार्टीको नाम फेरियोः नेकपा एकीकृत समाजबादी – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

माधव नेपाल नेतृत्वको पार्टीको नाम फेरियोः नेकपा एकीकृत समाजबादी


नयाँ बिकल्प ।


काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ। अब पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादी) हुने भएको छ।


सरकारले बुधबार राजनीतिक दल सम्वन्धी कानून परिवर्तन गर्न अध्यादेश जारी गरेकै दिन एमाले बरिष्ठ नेता माधवक कुमार नेपालसहितका नेकपा एमालेका नेताहरुले एमालेबाट अलग भएको घोषणा गर्दै निर्वाचन आयोगमा नेकपा एमाले समाजबादी नामको दल दर्ता गराएका थिए।


नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा बुधबार निवेदन दिए पनि निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने अडान लिएका थिए।


राजनीतिक दलसम्बन्धी अध्यादेश जारीपछि नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिंदा नाम पनि फेरिएको हो। अध्यादेश जारी भए पनि राजपत्रमा सूचना प्रकाशित भइ नसकेको कारण शुक्रबार पुन दल दर्ता गर्न नेपालसहितका नेता निर्वाचन आयोग गएका थिए।


यसअघि बुधबार ९५ सदस्यीय केन्द्रीय कमिटीलाई आज शुक्रबार विस्तार गरेर ११५ पुर्याइएको छ। चुनाव चिन्ह भने अझै तय भएको छैन।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ भाद्र ४, १५: ५७

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र ४, १५: ५७

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र ४, १५: ५७

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...