
नयाँ बिकल्प ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका सहसचिव र विभागीय प्रमुखहरुको सरुवा र जिम्मेवारी हेरफेर गरेका छन्।
अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभागको प्रमुखमा शोभाकान्त पौडेललाई लगिएको छ भने भन्सार बिभागको महानिर्देशकमा नारायण सापकोटालाई लगिएको छ।
सापकोटा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। यस्तै आन्तरिक राजस्व विभागका झक्कप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। आचार्य र भुसाल दुवैलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको दुई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए।
बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखमा भुपाल बराललाई जिम्मेवारी दिइएको छ। सो महाशाखा प्रमुख सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ। सहसचिव धनीराम शर्मालाई अन्तर्राष्ट्रिय वित्तीय सहायता समन्वय महाशाखामा सरुवा गरिएको छ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...