
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको दाबी गरेका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापति शेरबहादुर देउवालाई सहमतिको प्रतिवेदन बुझाएको बताए ।
कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।
क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए ।
नेता पौडेलले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको बताए । नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कार्यदललाई भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने जिम्मेवारु िदिइएको थियो ।
लेखक संयोजक रहेको क्रियाशिल सदस्यता छानबिन समितिले साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी अन्तिम प्रतिवेदन बुझाएको थियो । समितिले देशभरका १५० भन्दा बढि वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति गरेको थियो भने बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टी केन्द्रीय कार्यसमितिलाई दिएको थियो ।
क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...