
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९देखि हुने भनी केन्द्रीय कार्यसमितिले गरेको निर्णयप्रति पुनः आशंका जन्मिएको भन्दै पार्टीका ५० बढी जिल्ला सभापतिहरुले क्रियाशिल सदस्ता बिबाद दुई दिन भित्र नटुंग्याए अनसन र धर्ना बस्नेत चेतावनी दिएका छन् ।
पार्टीको क्रियाशिल सदस्यता वितरणदेखि छानबिनसम्म पारदर्शी नभएको भन्दै जिल्ला सभापतिहरुको शुक्रबा र शनिबार भएको काठमाडौंको अनौपचारिक भेलाले बिबाद सल्टाउन दबाब दिने उदेश्यले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति देउवालाई ज्ञापन पत्र समेत बुझाएको छ ।
पार्टी सभापति देउवासँग भेट गर्न दुई दिनदेखि समय माग्दा समेत नपाएको भन्दै नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले सभापति देउवालाई मेलमार्फत र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत ज्ञापन पत्र बुझाइएको बताए ।
उनीहरुले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देशभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै नेतृत्व समक्ष आफ्ना माग अघि सारिएको बताएका छन् ।
‘वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दा पनि अनियमिततालाई रोक्नुको सट्टा झन पछिल्ला दिनमा सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिध्दी गर्न लागिएको छ’ जिल्ला सभापतिहरुले केन्द्रीय सभापति देउवालाई दिएको ज्ञापन पत्रमा उल्लेख छ ।
उनीहरुले लामो समयदेखि पार्टीमा रगत–पसीना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट आफूहरु स्तब्ध भएको सभापतिहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएको भन्दै जिल्ला सभापतिहरुले आपत्ति पनि जनाएका छन् ।
उनीहरुको माग यस्तो छ –
१ प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२ क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३ सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।
उनीहरुले आफूहरुको सो मागहरुलाई संवोधन गर्नेगरी यही भदौ ७ गते भित्र आवश्यक कदम नचालिएमा त्यसको भोलिपल्ट भदौ ८ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी समेत दिएका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...