मेलिना र निशान भट्टराईको म्युजिक भिडियो ‘सालघारीमा’ मा अञ्जली अधिकारी – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

मेलिना र निशान भट्टराईको म्युजिक भिडियो ‘सालघारीमा’ मा अञ्जली अधिकारी


धरान । गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको ‘सालघारीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायाँङ्कन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन् । राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन् ।


सार्वजनिक म्युजिक भिडियोका लागि श्रृंगार सन्जु थुलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन्। वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फिल्म मार्फत बजारमा ल्याइएको हो।


म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्। गीतकार राईका अनुसार सो म्युजिक भिडियो निर्माणका लागि मकाउका नेपाली समुदायको सहयोग रहेको छ। म्युजिक भिडियोका लागि मकाउका युवा व्यवसायी रुस्तम श्रेष्ठले मुख्य प्रायोजन गरेका छन्।


नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ ‘तमु’ समाज, किरात राई यायोक्खा, मगर संघ, शेर्पा समाज, नेपाल आदिबासी जनजाति महासंघ, तामाङ घेदुङ एशोसियएसन, किराँत याक्थुम चुम्लुङ मकाउ, एन होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी र कविता राईसहितको सहप्रायोजक गरेको गीतकार राईले जनाए।

हेर्नुस् भिडियाे –

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र ६, १८: ३०

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र ६, १८: ३०

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र ६, १८: ३०

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...