झापामा कोरोना संक्रमित रविनसहित परिवारका तीन जनाले गरे आत्महत्या – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

झापामा कोरोना संक्रमित रविनसहित परिवारका तीन जनाले गरे आत्महत्या


नयाँ बिकल्प ।


काठमाडौं । झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. १ स्थित सुरुङ्गाका रविन विश्वकर्मासहित परिवारका तीन जनाले घरमै डुरीमा झुण्डिएर आत्महत्या गरेका छन्।

आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौंसम्म पुगेका रविनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी झापा फर्किएका थिए।

सुरुङ्गाका स्थायी वासिन्दा ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिय मुना विश्वकर्मा र उनीहरुकी ८ महिनाकी छोरी रुविनाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनीहरुले एकसाथ झुण्डिएर नानीलाई समेत साथमा लिइ आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। उनीहरुको मृत्युसगै घरका सबै जनाको मृत्यु भएको छ।

रविनको गत साउन ३१ गते गरिएको कोरोना परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको थियो। कोरोनाबाट पीडित विक परिवारले एकैसाथ आत्महत्या गरेपछि अहिले सिंगो गाउँनै स्तव्ध भएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र ७, १३: १७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र ७, १३: १७

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ७, १३: १७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...