
नयाँ बिकल्प ।
काठमाडौं । पूर्वगृह मन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापा जेल जीवन भुक्तान गरेर सोमबार छुटेका छन्। तत्कालिन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल परेका गुण्डा नाइके समिरमानसिंह बस्नेसँग मिलेर आपराधिक गिरोह सञ्चालन गरेको अभियोगमा थापा जेल परेका थिए।
तत्कालिन माओबादी केन्द्रका नेता रहेका बादलको राजनीतिक संरक्षणमा नरेस थापाले अनेकौं गिरोहसँग मिलेर जवर्जस्ती चन्दा र सहयोग भन्दै रकम उठाउने गरेको पीडितहरु बताउँछन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थापाालाई पक्राउ गरी मुद्धा चलाएपछि उच्च अदालत पाटनले थापालाई २०७६ माघ २७ गते १ वर्ष ६ महिना थुनामा राख्न आदेश दिएको थियो।
आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरे पनि उच्च अदालतले जेल सजाय तोकेको थियो। महानगरीय अपराध महाशाखाको टोलीले नरेशको कनेक्सन गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग देखिएको पत्ता लगाएको थियो।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...