
नयाँ बिकल्प ।
काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलका नेता, सचेताक र प्रतिनिधि सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।
सत्तारुढ गठबन्धनका पाँच दलको तर्फबाट सोमबार जारी विज्ञप्तिमा अध्यक्ष ओलीले संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।
‘यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालयको सभामुखको कार्यकषमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सदस्यहरुले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु र सोही दिन दलका नेताले सभामुखबिरुद्ध अभिव्यक्ति दिनु आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका सांसद प्रदीप यादव, माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठ र राष्ट्रिय जनमोर्चाको दलकी नेता सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी संवैधानिक मर्यादाको अवलम्बन गर्न ओलीसँग आग्रह गरेका छन्।
हेर्नुस् विज्ञप्ति –

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...