
नयाँ विकल्प ।
बुटबल । लुम्विनी प्रदेश सभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अबरोधपछि स्थागित भएको छ।
नेकपा एमालले प्रदेश सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पार्टीले कारबाही गरेकोले प्रदेशसभा सचिवालयले पदमुक्त गर्नु पर्ने माग राख्दै संसद बैठक अवरुद्ध पारेको हो।
एमालेको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक बुधबार दिउँसो साढे २ बजे बस्ने गरी स्थगित गरेका थिए। एमालेले सांसदद्वय शाही र वलीलाई कारबाही गरेको सूचना सभामुखले टाँस नगरेसम्म संसद चलन नदिने अडान लिएको छ। १ भदौमा पार्टी निर्देशन विपरित विपक्षीलाई सघाएको भन्दै शाही र खत्रीलाई पदमुक्त गर्न सभामुखलाई एमालेले पत्र बुझाएको थियो ।
प्रदेशसभा सचिवालयले एमालेलाई जवाफ पठाउँदै सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ। त्यसपछि एमाले सभामुखप्रति झन आक्रोशित बनेको हो।
आइतबार पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पदीय आचरण विपरीत काम गरेको भन्दै संसदबाटै ठेगान लगाउने धम्की दिएका थिए।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...