पौडेलको भागवण्डा खोज्ने प्रवृत्तिदेखि आजित देउवा – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

पौडेलको भागवण्डा खोज्ने प्रवृत्तिदेखि आजित देउवा

काठमाडौं । एकातिर पार्टीको बिधान बमोजिम विभिन्न समिति र विभाग गठन भएन भन्ने अनि अर्को तिर पार्टी नेतृत्वले बिधान बमोजिम ति निकायलाई पूर्णता दिएन भन्ने गुनासो गर्ने बरिष्ठ नेता रामचन्द्र पौडेलको स्वभावबाट सभापति देउवा आजित भएका छन् ।

आफू भागबण्डा र गुटको बिरोधी भएको भन्दै भाषण गर्ने तर सभापति देउवालाई भेट्दा सबैलाई समेटेर अघि बढ्नु पर्यो भन्दै भागबण्डा खोज्ने प्रबृत्तिले आगामी भदौ भित्र हुने भनिएको नेपाली कांग्रस महासमिति भेला समेत प्रभावित हुने भएको छ ।

महासमिति बैठकमा पेश हुने सर्बाधिक महत्वपूर्ण र आवश्यक प्रतिवेदन भएको मुलुक संघीय संरचनामा गएको दुई बर्षवितिसक्दा समेत कांग्रेसको संगठनात्मक संरचना पुरानै ढर्रामा चलेकोले त्यसलाई संविधान बमोजिम बनाउने दस्तावेज हो ।

संघीय संरचना बमोजिम पार्टी संगठन निर्माण गर्न विधान परिवर्तन गर्नु पर्ने हुन्छ । बिधान परिवर्तन गर्न सक्ने अधिकार बिधानले महासमिति बैठक र महाधिवेशनलाई मात्र दिएको छ । महासमिति बैठकबाटै एक बर्षअघि भएका सबै स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनको समिक्षा गर्दै विधान परिवर्तन गर्ने योजना पार्टी नेतृत्वको छ ।

केन्द्रीय कार्य समिति बैठकले अगामी भदौभित्र कांग्रेसको महासमिति बैठक बोलाउने निर्णय गरिसकेको छ । महासमिति बैठकमा पेश हुने हरेक प्रस्ताव पार्टी केन्द्रीय कार्यसमितिले लैजानु पर्छ । यसको लागि पार्टीले बिधान परिमार्जन मस्यौदा समिति बनाउनु पर्छ । तर यतिवेला सभापति देउवा सोही मस्यौदा समिति बनाउन नसकेर अड्किएका छन् । सभापति देउवा महासमिति बैठकले नै पार्टीको सबै नीतिगत र संगठनात्मक संरचनको बिषयमा स्पष्ट निर्णय दिने भन्दै बिधान संशोधनको लागि गठन हुने समितिमा तीन जनाको नाम सिफारिस गर्न भनेका थिए ।

गत साता सभापति देउवको निवास बुढानिलकण्ठमा भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा त्यही सहमति पनि भयो । सहमति अनुसार पौडेलले आफूले चार जनाको नाम भोलीपल्टै दिने भनेका थिए । तर भोलीपल्टदेखि देश दौडाहमा निस्किएका पौडेल शनिबार बेलुकी मात्र काठमाडौ आईपुगेका छन् । हरेक ठाउँमा भागबण्डा खोज्ने पौडेलको कार्यशैलीले देउवा यतिवेला चेपुवामा परेका छन् । पौडेलले असन्तुष्ट नेता सिटौलाको गुटलाई समेत संवोधन गर्ने भन्दै चार जना आफ्नो तर्फबाट राख्न भनेको थिए ।

तर यतिबेला सो समितिमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले नविन्द्रराज जोशी, सिटौलाले गगन थापा, महामन्त्री डा. शशांक कोइरालाले डा मिनेन्द्रप्रसाद रिजाललाई राख्न दबाब दिए पछि आफ्नो तर्फबाट एक जना जीवन परियारलाई पठाउने निष्कर्षमा पुगेका थिए । तर बिधान मस्यौदा समितिमा आफू पनि जाने भनेर पूवसहमहामन्त्री डा. रामशरण महतले बल गरेपछि पौडेल यतिवेला बिलखबन्दमा परेका छन् । देउवा भने महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बाँकी चार जनालाई राख्ने योजना बनाएका छन् । देउवाको समितिमा रमेश लेखक र मीनबहादुर वा मानबहादुर बिश्वकर्मा पर्ने निश्चितप्राय छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७५ श्रावण ७, ०७: ०३

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७५ श्रावण ७, ०७: ०३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७५ श्रावण ७, ०७: ०३

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...