
नयाँ बिकल्प ।
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रसंशा नगर्ने र बा नभन्ने पार्टीका साथीलाई शत्रु र विरोधी ठान्दा पार्टी फुटाउन बाध्य भएको बताएका छन्।
नेकपा एकीककृत समाजबादी पार्टीका केन्द्रीय कमिटिका प्रस्तावित सदस्यसहित पार्टीको दस्तावेज बनाउन मंगलबार चन्द्रागिरी रिसोर्ट पुगेका नेपालले पत्रकार सम्मेलन गर्दै भने, ‘ओलीले कहिल्यैपनि ईमानदारिताका साथ वार्ता गरेनन तर आफूहरुलाई वार्ताको नाटक गरेर अलमल्याउन खोजिरहे।’
ओलीले पार्टीलाई निजी कम्पनीको रुपमा ठान्दा एमालेभित्र ठूलो समस्या खडा भएको भन्दै नेता नेपालले एमाले एकताबद्ध होला भन्ने ठाने पनि ओलीले पार्टीलाई ठीक ढंगबाट चलाउन नसकेकोले समस्या उत्पन्न भएको बताए। उनले शान्त वातावरणमा घोषणा पत्रको बारेमा समूहगत छलफल चलाउन र नियामावली बनाउन आफूहरु व्यस्त रहेको पनि बताए।
भिडियाे…
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...