क्रियाशिल सदस्यता बिबाद टुंगियोः जिल्ला सभापतिहरु सूची सार्वजनिकको माग गर्दै धर्नामा(भिडियाे) – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

क्रियाशिल सदस्यता बिबाद टुंगियोः जिल्ला सभापतिहरु सूची सार्वजनिकको माग गर्दै धर्नामा(भिडियाे)


नयाँ बिकल्प ।


काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ९ गतेदेखि हुने पार्टीको १४औं महाधिवेशन प्रयोजनको लागि देखिएको क्रियाशिल सदस्यता विवाद टुंगो लगाए पनि पूर्वनिर्धारित कार्यक्रम अनुसार भन्दै पार्टीका केही जिल्ला सभापतिहरुले मंगलबार बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।


पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीले गठन गरेको क्रियाशिल सदस्यता छानबिन समितिले चार जिल्लासहित कतिपय निर्वाचन क्षेत्रको बिबाद मिलाउने जिम्मा पार्टी केन्द्रलाई छाड्दै गत भदौ १२ गते प्रतिवेदन बुझाएको थियो ।

पार्टीमा देखिएको क्रियाशिल सदस्यता बिबादलाई टुंगो लगाउन पार्टी पदाधिकारी र शीर्ष नेताको बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक भएको कार्यदलले सोमबार राति ९ बजे बिबाद समाधान गर्दै प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र नेत रामचन्द्र पौडेललाई बुझाए पनि केही जिल्ला सभापतिहरु भने मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिन गएका हुन्।


उनीहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्र्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गरेका छन्।

कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिको सो धर्ना कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाउँदै भाषण ठोकेका थिए।

यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत क्रियाशिल सदस्यता बिबाद टुंगो लगाई क्रियाशिल सदस्यहरुको नाम वेभ साइडमा राख्नु पर्ने माग गरेका थिए।


सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ। सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ र नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पु¥याइसक्ने पनि समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

पार्टीले गाउँ र नगर समितिको अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।


भेलालाई संवोधन गर्दै नेता डा. शेखर कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने माग गरे। युवा नेता गगन थापाले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि कांग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए।

भिडियाे…

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र ८, १६: ०९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र ८, १६: ०९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ८, १६: ०९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...