
नयाँ बिकल्प ।
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीमा १७ पदाधिकारीसहित एक सय ५१ केन्द्रीय कमिटी रहने भएको छ।
दुई दिनदेखि चन्द्रागिरी रिसोर्टमा बसेको नेपाल पक्षधर नेताहरुको बृहत छलफलबाट तयार गरिएको प्रस्तावित पार्टी विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरेको छ।
कमिटीका पदाधिकारी र सदस्यहरू राष्ट्रिय परिषदबाट निर्वाचित हुने र राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदप्रति उत्तरदायी रहने प्रस्तावित विधानमा जनाइएको छ।
केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी हुने छ।
‘राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च’ जस्ता सांगठानिक संरचनाहरु रहने प्रस्तावित विधानमा उल्लेख छ।
पार्टीको हरेक कमिटीमा ४० वर्ष मुनिका युवालाई राख्नै पर्ने विधानमा उल्लेख छ।
पार्टी पदाधिकारी र सदस्यको योग्यता
राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिन महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिले संगठित सदस्य भई ७ वर्ष र अन्यले कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने जनाइको छ। केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्य हुन एक कार्यकाल पोलिटब्यूरो सदस्य भएको र पोलिटब्यूरो हुन कम्तिमा १ कार्यकाल केन्द्रीय कमिटीको पूर्ण सदस्य भएको हुनुपर्नेछ।
केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा, संगठित सदस्य भई कम्तिमा १२ वर्ष काम गरेको र प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई २ कार्यकाल काम गरेको हुनुपर्नेछ।
योग्यता पूरा गर्नुपर्ने कुनै व्यक्ति राजनीतिक कारणले जेल परेमा जेल बसाइको अवधिलाई पनि राजनीतिक निरन्तरतामा गणना गरिनेछ। अध्यक्ष हुन पोलिटब्यूरो सदस्यको योग्यता पुगेको हुनुपर्नेछ ।
सम्पत्ति विवरण बुझाउनु पर्ने
प्रस्तावित सो पार्टीको विधानमा पार्टी केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा केन्द्रीय आयोग र केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यले निर्वाचित वा मनोनित भएको ६० दिनभित्र चल–अचल सम्पत्तिको विवरण केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...