ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दर्तामा सनाखत गर्ने को को हुन् ? – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दर्तामा सनाखत गर्ने को को हुन् ?


नयाँ बिकल्प ।

काठमाडौं । जनता समाजबादी पार्टी नेपालबाट अलग भई लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) गठनको नेतृत्व गरेका नेता महन्थ ठाकुरलाई जसपाका १४ सांसदले मात्र साथ दिएका छन्। जसपामा ३४ सांसद भए पनि दुई सांसद हरिनारायणप्रसाद रौनियार (पप्पु) र रेशम चौधरी निलम्वित छन्।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने गरी अध्यादेश ल्याएपछि जसपाको महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो।

जसपाका ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यहरुमध्ये १७ जनाले मात्र ठाकुर पक्षलाई साथ दिएका छन्। २०७७ साल बैशाखमा दुई पार्टी तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी नेपालबीच पार्टी एकता हुँदा दुवैतिरबाट १७÷१७ जना सांसद थिए। तर यादवबाट अलग हुँदा ठाकुरसँग १४ सांसद मात्र वाँकी रहे।

त्यस्तै कार्यकारिणी समितिमा पनि दुवै पार्टीबीच ५०÷५० प्रतिशतको प्रतिनिधित्व भए पनि यादवले पुरानो राजपा पक्षका झण्डै आठ नेतालाई आफूतिर तान्न सफल भएका छन्।

ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टीको कार्यकारिणी समितिमा पार्टीका सबै १४ सांसदलाई सहभागी गराइएको छ। लोसपाको अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा क्रमशः राजेन्द्र महतो र शरतसिंह भण्डारी र कार्यकारिणी सदस्यमा अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह रहेका छन्। सिंह भने राष्ट्रिय सभा सदस्य हुन् ।

संघीय संसदका सांसदवाहेक जसपाको कार्यकारिणी सदस्यहरु सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, प्रदेश सांसद जितेन्द्रकुमार सोनार, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद साह आदि रहेका छन्।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र ९, १५: ५६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र ९, १५: ५६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र ९, १५: ५६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...