
काठमाडौं ।
आफू निकटका बाहेक असहमत नेता र सांसदलाई कुनै अवसर नदिने अडानबाट टसको मस नभएका एमाले अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनको प्रकृयामा लागेसँगै उदारता देखाउन थालेका छन्।
एकपछि अर्को गर्दै केन्द्रीय सदस्य र सांसदहरु ओलीले नेतृत्व गरेको एमाले परित्याग गर्दै माधवकुमार नेपालको नेकपा (एकीकृत समाजबादी) मा जानेदेखेपछि मुख्यमन्त्री पदका आकांक्षीलाई धमाधम पद वाँड्न थालेका छन् ।
एक सातामात्र आफ्नो पक्ष अल्पमतमा पर्ने देखेपछि बागमति प्रदेश संसदीय दलबाट नेपाल समुहकी भनेर चिनिएका अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाइएको थियो । त्यसको एक साता नबित्दै बिहीबार पनि प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईलाई राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको छ।
आचार्य नेकपा एकीकृत समाजबादीका बरिष्ठ नेता झलनाथ खनाल निकटका नेता तथा पार्टीका केन्द्रीय सचिव हुन्। उनी मुख्यमन्त्री हुन तीन वर्षअघि नै कस्सिएका थिए तर पार्टी अध्यक्ष तथा प्रधानन्त्री ओलीको बक्र दृष्टिपछि उनीभन्दा धेरै जुनियर शेरधन राईलाई मुख्यमन्त्री बनाइएको थियो।
बुधबार मात्र निर्वाचन आयोगले एमालेबाट अलग हुँदै नेकपा एकीकृत समाजबादी पार्टी गठनको प्रक्रियामा रहेका माधव नेपालको समूहलाई मान्यता दिएको थियो । राजनीतिक दलको मान्यता पाएको भोलीपल्टै आफूहरु अल्पमतामा पर्नेदेखेपछि मुख्यमन्त्रीका अकांक्षी आचार्यलाई बिहीबार बिहानै प्रदेश १ को संसदीय दलको बैठक बोलाएर नेता चयन गरिएको थियो ।
संसदीय दलका नेता चयन भएपछि आज दिउँसो अचार्यले मुख्यमन्त्री पदको सपथ गरेका हुन्। प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। प्रदेश एकमा ९३ सदस्यीय प्रदेशसभा छ। जहाँ एमालेका प्रष्ट बहुमत अर्थात ५२ जना सांसद छन्।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१० अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश १ को संसदीय दलमा नेपाल समूहका १ दर्जन बढी सांसद छन्। तर आचार्य नै मुख्यमन्त्री भए पछि उनको पद सुरक्षीत छैन्। एमालेको विभाजनसँगै ६ जना प्रदेश सांसदले असहयोग गरेमा वा नेपाल समूहमा गएमा आचार्यको पद धरापमा पर्ने निश्चित छ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...