
काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनको मुखमा आएर पनि क्रियाशिल सदस्यताको नामावली अझै सार्वजनिक नगरेकोमा पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।
पार्टी क्रियाशिल सदस्यताको नामावली सार्वजनिक नगरेको भन्दै दुई दिनदेखि रिले अनसनमा बसेका पार्टीका जिल्ला सभापतिहरुप्रति ऐक्यवद्धता जनाउन विहीबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता सिंहले पार्टी नेतृत्वले गरेको अपारदर्शी क्रियाकलपाबिरुद्ध डटेर संघर्ष गर्नु पर्ने बताए।
‘क्रियाशिल सदस्यता वितरणमा भएको बिभेद र पक्षपातबिरुद्ध हामीले केन्द्रमा संघर्ष गर्यौ। अब यतिले पुग्दैन’, सिंहले भने ‘कांग्रेस जस्तो विधि बिधान र पद्धति अनुसार चल्नु पर्ने पार्टीमा त्यसका लागि अव वडा तहसम्मै अन्याबिरुद्ध लड्नु पर्छ।’
सिंहले पार्टी नेतृत्वले गरेको विधि विधान र पद्धतिबिरुद्ध आफू लडिरहेको भन्दै अन्य नेता लागे पनि नलागे पनि बिधानसम्वत काम गर्नको लागि दबाब दिन सँधै साथ दिने बताए।
क्रियाशिल सदस्यता टुंग्याएर पनि महाधिवेशन बिधिसम्वत ढंगले हुन्छ भन्नेमा शंका उब्जिएको भन्दै नेता सिंहले लोकतान्त्रिक बिधि र पद्धतिका लागि संघर्ष गर्ने कांग्रेसका कार्यकर्ताले पार्टी भित्रै बिधि र पद्धति बसाउन लड्नबाट पछि हट्न नहुनेमा जोड दिए ।

रिले अनसनको दोश्रो दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा तनहुँका सभापति बैकुण्ठ नेउपाने, सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पाका सभापति अंगदकुमार बुढा, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, र नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाई बसेका छन्।
नेता सिंहले बिहीबार नै पार्टी केन्द्रीय कार्यालयमा विगत ३५ दिनदेखि रिले अनसनमा बसेका पार्टीको रौतहट क्षेत्र नंम्वर १ का नेता तथा कार्यकर्तासँग पनि भेट गरी ऐक्यवद्धता व्यक्त गरे।
सो अवसरमा अनसनरत कार्यकर्ताले पार्टीको वडा र क्षेत्रिय कार्यसमितिको निर्णयबिना नै सदस्यता वितरण गरेको र पार्टीका स्थानीय तह र क्षेत्रिय कार्यसमितिका पदाधिकारीको नै सदस्यता नविकरण नगरिएको गुनासो गरेका थिए ।

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...