
काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका रामचन्द्र पौडेल समूहको बैठकले पार्टीलाई सबै ७७ वटै जिल्लाका क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेको छ।
पार्टीका पूर्वमहामन्त्री तथा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बिहान भएको संस्थापनइत्तर पक्षको सो भेलाले सबै जिल्लामा १८ गते नै वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको हो।
सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन सुनिश्चितता नभएको भन्दै सबै जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेको हो।
बैठकले शुक्रबार साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय भएको छ। सो बैठकले पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने भएको छ।
छलफलमा नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्र बडू र डा.मिनेन्द्र रिजाल सहभागी थिए।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...